+
+
Shares

रास्वपा लुम्बिनीको सभापतिमा दोस्रोपटक मतदान गरिँदै, शालिकराम र गोपालबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि पुनः मतदान हुने भएको छ ।
  • पहिलो चरणमा सर्वाधिक १९९ मत ल्याउने शालिकराम घिमिरे र ८७ मत प्राप्त गर्ने गोपाल घिमिरेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
  • कुल ५५२ मत खसेको उक्त निर्वाचनमा सभापति पदका लागि ६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए ।

३१ जेठ, बुटवल । रास्वपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा  सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे पछि पुन: मतदान हुने भएको छ ।

सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा धेरै मत ल्याउने शालिकराम घिमिरे र दोस्रो धेरै मत ल्याउने गोपाल घिमिरेबीच पुन: मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए ।

सभापति पदका लागि ६ जना विच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले १ सय ९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९  मत प्राप्त गरेका थिए ।

गए राति सम्पन्न मतदानमा ५ सय ५२ मत खसेको थियो । सभापतिका उम्मेदवारमध्ये धेरै मत ल्याउनेले ५१ प्रतिशत मत नल्याए उनका निकटतम प्रतिस्पर्धीबीच पुन: मतदान हुने रास्वपाको निर्वाचन विधानमा उल्लेख छ ।

शालिकराम घिमिरे रास्वपा स्थापनाकालदेखि पार्टीमा प्रदेश सदस्य कोषाध्यक्ष हुंदै उपसभापति बनेका थिए ।

गोपाल घिमिरे गत फागुन २१ को चुनावमा रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी थिए । तर सुलभ खरेलले टिकट पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?