+
+
Shares

रास्वपा लुम्बिनी प्रदेश सभापति पदमा ६ जनाको उम्मेदवारी, कसको पृष्ठभूमि के ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ जेठ ३० गते २१:१२

३० जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

दाङमा जारी अधिवेशनमा प्रदेशको नेतृत्वका लागि प्रदेश उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधुप्रसाद अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल र बाँकेका डा.राजकुमार सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

शालिकराम घिमिरे रास्वपा स्थापना कालदेखि पार्टीमा प्रदेश सदस्य कोषाध्यक्ष हुँदै उपसभापति भएका हुन् । मधु अर्याल रुपन्देही–३ का क्षेत्रीय सभापति थिए । उनी रुपन्देही–३ को उपचुनावका लागि ९ जना प्रारम्भिक उम्मेदवारमा छनोट भएका थिए । उनी मन्टेश्वरी स्कूल सञ्चालक र मन्टेश्वरी सामानका विक्रेता व्यवसायी समेत हुन् ।

गणेश पौडेल २०७९ को संघीय संसद चुनावमा रुपन्देही–२ का उम्मेदवार हुन् । उनी विभिन्न वामपन्थी दलहरू परिवर्तन गर्दै रास्वपा प्रवेश गरेका थिए ।

मञ्जु भुसाल समानुपातिक संघीय सांसद हुन् । निर्माण व्यवसायीसमेत रहेकी उनी विगतमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले हुँदै २०८२ सालमा रास्वपा प्रवेशी गरेकी हुन् ।

गोपाल घिमिरे गत फागुन २१ को चुनावमा रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी थिए । तर, सुलभ खरेलले टिकट पाएका थिए ।

सहमतिमा सभापति हुन चाहेका हालका प्रदेश सभापति देवराज पाठकले उम्मेदवारी नदिएपछि अब अन्य आकांक्षीबीच सहमतिको सम्भावना क्षीण रहेकाले चुनावबाट नेतृत्व चयन हुने निश्चित जस्तै बनेको अधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

अधिवेशनमा करिब ८४३ जना प्रतिनिधि मतदाता छन् ।

प्रदेश अधिवेशनमा प्रदेश समिति, प्रदेशका जिल्ला समिति, प्रदेश समिति माथिका प्रदेश भित्रका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, विभागका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रीय समिति संयोजक र सहसंयोजक, स्थानीय तहका सभापति सबै र महानगरबाट ४, उपमहानगरबाट ३, नगरपालिकाबाट २ र गाउंपालिकाको एकजना पालिका समितिबाट मनोनित भएर आएका प्रतिनिधि मतदाता छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?