News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूलाई आगामी असार मसान्तभित्रमा इजाजतपत्र नवीकरणका लागि आवेदन दिन आह्वान गरेको छ ।
- व्यवसायीहरूले असार १ गतेदेखि मसान्तभित्र वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक कागजातहरू अपलोड गरी आवेदन दिनुपर्नेछ ।
- नवीकरणका लागि अघिल्लो आर्थिक वर्षको विवरण, बैंक ग्यारेन्टी, धरौटी रसिद र कार्यालयको गुगल म्यापसहितका विवरणहरू बुझाउनुपर्ने व्यवस्था छ ।
३१ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई इजाजतपत्र नवीकरणका लागि असार मसान्तभित्रमा आवेदन दिन आह्वान गरेको छ ।
असार १ गतेदेखि असार मसान्तभित्रमा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आवश्यक कागजात अपलोड गरेर इजाजतपत्र नवीकरणका लागि आवेदन दिन भनेको हो ।
नवीकरणका लागि अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगार सम्बन्धीका विवरण खुलाउनुपर्नेछ । जसमा पूर्व स्वीकृति लिएको संख्या, अन्तिम स्वीकृति लिएको संख्या, कामदार उडाएको संख्या, अन्तिम श्रम स्वीकृति लिएको तर, उडान बाँकी रहेको संख्या तथा वैदेशिक रोजगारमा पठाएका कामदारको अवस्थाको विवरण समेत पेश गर्नुपर्नेछ ।
त्यस्तै २०८३ को असार मसान्तसम्म नवीकरण गरिएको इजाजतपत्रको प्रति, बैंक ग्यारेन्टीको प्रति, धरौटी रसिदको प्रति समेत पेश गर्नुपर्नेछ । त्यस्तै संस्थाको हाल कार्यालय रहेको स्थानको गुगल प्लस कोडसहितको अपडेट गुगल म्याप, संस्थामा रहेका कर्मचारीहरूको विवरण, शाखा कार्यालयका विवरण लगायत समेत पेश गर्नुपर्नेछ ।
फेमिसमा नवीकरणको लागि आवेदन गर्नुभन्दा पहिला संस्थाको फोन नम्बर, मोबाइल नम्बर, वेबसाइट र इमेल लगायतका सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया 4