+
+
Shares

बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १६:१०

२ असार, काठमाडौं । सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् ।

‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।

साथै, उनले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।

‘इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने रोड, यसले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनुपर्छ । तर त्यहाँबाट आधा घण्टामा बिर्तामोड आइपुगिन्छ,’ उनले भनिन्, ‘हामीले यस्तो किसिमको एकदमै रिस्कमा परेका, चुनौतीपूर्ण एउटा योजना पनि नपरेको देख्दाखेरी म छक्कै परेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?