४ असार, चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले बढेको छ ।
चैत २३ गतेको सरकारको निर्णयपछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए ।
२०८२ मा असार ४ गतेसम्म निकुञ्जमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।
तर, यसवर्ष भने जेठ मसान्तसम्म नै ४८ हजार ५९८ जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरिसकेको थापाले जानकारी दिए ।
निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जीप सफारीसहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् ।
निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् । –रासस
प्रतिक्रिया 4