+
+
Shares

रास्वपाले महाधिवेशनमा विदेशी पाहुना बोलाएन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा हुने प्रथम महाधिवेशनमा विदेशी राजनीतिक दलहरूलाई भौतिक रूपमा आमन्त्रण नगरेको जनाएको छ ।
  • सहमहामन्त्री विपिन आचार्यले शुभेच्छाका लागि पत्राचार गरिए पनि भौतिक उपस्थितिका लागि निमन्त्रणा नगरिएको बताउनुभयो ।
  • रास्वपाले देशभित्रका राजनीतिक दलका प्रमुख नेताहरूलाई भने महाधिवेशनमा विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ ।

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन विदेशस्थित दलहरूलाई आमन्त्रण गरेको छैन ।

आइतबारदेखि मंगलबारसम्म (असार ७ देखि ९ गतेसम्म) चितवनमा हुने प्रथम महाधिवेशनमा अन्तराष्ट्रिय स्तरका कुनै पनि दललाई आमन्त्रण गरिएको छैन ।

सहमहामन्त्री विपिन आचार्यका अनुसार रास्वपाको महाधिवेशनका लागि शुभेच्छाको लागि पत्राचार गरिएपनि तर भौतिक रुपमा उपस्थित हुने गरी निमन्त्रणा गरिएको छैन ।

आचार्यले भने, ‘शुभेच्छाहरूको लागि पत्राचार गरेका छौं । तर, फिजिकल्ली उपस्थित हुने गरी यसपटक अन्य देशका दललाई निमन्त्रण गरेका छैनौं ।’

महाधिवेशन गर्दा विदेशस्थित मित्र पार्टीहरूलाई आमन्त्रण गर्ने र ती पार्टीले प्रतिनिधि पठाएर शुभकामना व्यक्त गर्ने प्रचलन अन्य दलमा  छ ।

देशभित्र रहेका दलका प्रमुख नेताहरूलाई भने विशेष अतिथिका रुपमा रास्वपाले आमन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?