News Summary
Generated by OK AI. Editorially reviewed.- भोलिदेखि शुरू हुने रास्वपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ ।
- संशोधित विधान अनुसार रास्वपाको केन्द्रीय समितिमा १ सय जना निर्वाचित हुने व्यवस्था छ ।
- सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल गरे ।
६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा निर्वाचन हुने भएको छ ।
रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ । एक नेताले दिएको जानकारी अनुसार, केन्द्रीय समिति सदस्यहरूमा सर्वसम्मत नहुने भएको हो ।
रास्वपाको महाधिवेशन भोलिबाट हुँदैछ । त्यसअघि आज वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो ।
उक्त बैठकमा सभापति रवि लामिछानेले पनि सम्बोधन गरेका थिए । उनले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल पनि गरेका थिए ।
केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुने रास्वपाका एक शीर्ष नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4