+
+
Shares

रास्वपा महाधिवेशनस्थल वरपर खटिएका कालावस्त्रधारी को हुन् ?

तलदेखि माथिसम्म कालो ड्रेस र कालै चस्मा लगाएका हट्टाकट्टा युवाहरु रास्वपा महाधिवेशन उदघाटनस्थल र पार्किङस्थलमा खटिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १२:२३

७ असार, काठमाडौं । रास्वपाको महाधिवेशन उदघाटनस्थलमा कालो ड्रेस लगाएका युवाहरु पनि खटिएको देखिन्छ । तलदेखि माथिसम्म कालो ड्रेस र कालै चस्मा लगाएका हट्टाकट्टा युवाहरु देख्दा जोसुकैलाई कोहोलान् भन्ने चासो लाग्न सक्छ ।

उनीहरु खासमा चितवनकै एक निजी सेक्युरिटी गार्ड कम्पनीका युवाहरु हुन् । उनीहरुलाई ‘गढी सेक्युरिटी’ कम्पनीले रास्वपा महाधिवेशन स्थलमा परिचालन गरेको हो ।

भरतपुरका बालमन्दिरस्थित गढी सेक्युरिटी कम्पनीका मार्केटिङ म्यानेजर राजेन्द्र गोलेले अनलाइनखबरसँग कुरा गर्दै बाउन्सरसहित १०० जनाको टोलीलाई महाधिवेशनस्थल वरपर खटाइएको जानकारी दिए ।

‘रास्वपाको महाधिवेशन उदघाटनस्थल र पार्किङस्थलमा बाउन्सर र सेक्युरिटी गरेर १०० जना केटाहरुलाई खटाएका छौं,’ गोलेले अनलाइनखबरसँग भने ।

रास्वपाको पहिलो महाधिवेशन उदघाटन जिल्ला प्रहरी कार्यालय नजिकको गेष्टहाउस चौरमा हुँदैछ । यसैगरी पार्किङका लागि पारस बसपार्क, मैयादेवी कलेज र विशाल चोकमा तोकिएको छ ।

गढी सेक्युरिटीले चितवनमा आयोजना हुने विभिन्न सभा समारोह, महोत्सव लगायतका कार्यक्रममा पनि आफ्ना युवा टोलीलाई खटाउँदै आएको छ ।

तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?