+
+
Shares

बाको भूमिकामा यस्ता देखिए दिब्यदेव, ‘बा : एक योद्धा’ को प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र ‘बा : एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक गर्दै मुख्य भूमिकामा अभिनेता दिब्यदेव पन्त रहने खुलासा गरिएको छ ।
  • हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्र आगामी १९ भदौदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
  • यस चलचित्रमा झरना थापा र सुहाना आमा–छोरीको भूमिकामा देखिनेछन् भने वसन्त लम्साल निर्माता रहेका छन् ।

काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्धा’ ले पहिलो झलक सार्वजनिक गर्दै चरित्र चित्रणको खुलासा गरेको छ । पोस्टरले शीर्ष भूमिका ‘बा’को रोलमा अभिनय गर्ने कलाकारबारे खुलासा गरेको छ ।

जसअनुसार, दिब्यदेव पन्तलाई बाको भूमिकामा देख्न सकिन्छ । उनको पात्र केही तनावमा देखिन्छ । सामान्य पहिरनमा उक्त पात्र झोला बोकेर तनावमा हिँडिरहेको देखिन्छ ।

घरको भित्तामा टाँसिएको फाटोमा हेर्दा चारजनाको सानो परिवार रहेको बुझिन्छ । फलैँचामा बाबु र आमा बसिरहेको दृश्य र आकाशमा देखिएको हवाइजहाजले परिवारको कोही एक सदस्य वैदेशिक रोजगार र वा पढ्न विदेश गएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

सन्तानका लागि बुवाले गर्ने संघर्षको कथा फिल्मले भन्ने संकेत गर्दै पोस्टरले अर्को तथ्य पनि उजागर गरेको छ । यो चलचित्रमा दिब्यदेवको अपोजिटमा झरना थापा रहेको बुझ्न सकिन्छ । यसमा झरना र सुहाना आमा–छोरीको भूमिकामा छन् भन्ने हो ।

फिल्ममा सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको पनि अभिनय छ । हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । यो फिल्म १९ भदौदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?