+
+
Shares

जुन महिना सुक्खा, हरेक दिन औसतको ९० प्रतिशतभन्दा कम वर्षा

विभागद्वारा सार्वजनिक विवरण अनुसार जुन महिनाको सुरुवाती दिनदेखि नै वर्षाको दर औसतभन्दा न्यून रहँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २०:०९

११ असार, काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १ जुनदेखि २५ तारिखसम्म (१८ जेठदेखि ११ असारसम्म) देशभर औसत १४९ मिलिमिटर मात्र वर्षा मापन भएको छ ।

विभागका अनुसार यो परिमाण यस अवधिको सामान्य औसत वर्षाको तुलनामा निकै कम हो । सामान्यतया १-२५ जुनसम्मको अवधिमा नेपालमा औसत २१४ मिलिमिटर वर्षा हुने गर्दछ । यस वर्ष भएको १४९ मिलिमिटर वर्षा उक्त औसतको ६९.६ प्रतिशत मात्रै हो ।

विभागद्वारा सार्वजनिक विवरण अनुसार जुन महिनाको सुरुवाती दिनदेखि नै वर्षाको दर औसतभन्दा न्यून रहँदै आएको छ । ग्राफमा उल्लेखित विवरण अनुसार हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको देखिन्छ ।

मौसमविद्हरूका अनुसार मनसुन भित्रिए पनि देशभरि सक्रिय रूपमा फैलिन नसक्दा र देशका केही भूभागमा मात्रै केन्द्रित हुँदा समग्र राष्ट्रिय औसत कम देखिएको छ । यद्यपि, जुन महिनाको अन्त्य र जुलाइको सुरुवातसँगै मनसुनी वायु थप सक्रिय भई वर्षाको मात्रा बढ्न सक्ने अपेक्षा गरिएको छ ।

तर यस वर्षको मनसुन अवधिमा देशभरि सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने आकलन विभागले गरेको छ ।

हेर्नुहोस् ग्राफ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?