११, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाविधेशनका प्रतिनिधीका लागि आज साँझसम्मको खाना पार्टीले व्यवस्थापन गरेको छ ।
भोलि विहानदेखि प्रतिनिधिहरूले खाना खाजाको व्यवस्थापन आफैंले गर्नुपर्ने छ । असार ७ गतेदेखि सुरु भएको महाविधेशन ९ गते सकिने भने पनि दुईदिन पर धकेलिइसकेको छ ।
सुरुमा असार ८ र ९ गतेका लागि खाना, खाजाको व्यवस्थापन गरेको रास्वपाले महाविधेशन लम्बिए पछि असार १० र ११ गतेको खाना र खाजाको व्यवस्था गरेको थियो ।
‘आज साँझको खानासम्मको सम्झौता थियो, भोलीदेखि उहाँहरुले आफैंले खानुहोला, हामीलाई केही खबर आएको छैन,’ महाविधेशनमा खानाको व्यवस्था गर्दै आएको दियालो फूडल्याण्डका प्रवन्ध निर्देशक रमेश अधिकारीले भने, ‘हामीले आफ्ना सामानहरु प्याक गर्न थाल्यौं, भोलlदेखि प्रतिनिधिहरूले के गर्नुहुन्छ हामीलाई जानकारी भएन ।’
रास्वपा महाविधेशनमा खुलातर्फका ९९ जना केन्द्रीय सदस्यहरुको नजिता सार्वजनिक भएको छ । अब ६ जना पदाधिकारीका लागि पुनः महाधिवेशन प्रतिनिधीहरुले मत हाल्न बाँकी नै छ ।
आज राती नै पदाधिकारीका लागि मतदान गराउने तयारी रास्वपा केन्द्रीय निर्वाचन आयोगको छ ।
अधिकांश प्रतिनिधिहरू महाधिवेशनस्थल छाडेर आआफ्नो घरतिर लागेका छन् । बाँकी रहेका केही प्रतिनिधी आज राती नै जाने बताएका छन् ।
केन्द्रीय सदस्यका लािग हिजो राती १२ बजे सुरु भएको मतदान आज दिउँसो १२ बजेसम्म चलेको थियो ।
४३११ प्रतिनिधि मध्ये २९५९ जनाले मतदानमा भाग लिएका थिए १३५२ जनाले मतदान नै गरेनन् । अब हुने पदाधिकारीको निर्वाचनमा ५० प्रतिशत भन्दा पनि कम मत खस्ने आंकलन गरिएको छ ।
प्रतिक्रिया 4