+
+
Shares

रीमा सांसद बनेपछि ‘कमेडी च्याम्पियन’ सिजन ४ को होस्टमा नम्रताको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १९:२७

टिभी शो ‘कमेडी च्याम्पियन’को चौंथो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन मेक्सम गौडेलले होस्ट गर्ने भएका छन् ।

शुक्रबार नम्रतालाई होस्टको रुपमा सार्वजनिक गरिएको हो । यसअघि उनले कमेडी दरबार र लोकस्टार टिभी शो होस्ट गरिसकेकी छन् ।

यसअघिको तीन सिजनलाई होस्ट गरेकी रीमा विश्वकर्मा सांसद भएपछि उनको ठाउँमा नम्रताको इन्ट्री भएको हो । ‘कमेडी च्याम्पियन’को चौंथो सिजन साउन पहिलो सातादेखि हिमालय टिभीमा आउनेछ ।

यसपटकको सिजनमा डेढसयभन्दा धेरै कलाकारले प्रतिस्पर्धा गर्ने जानकारी निर्देशक विशाल भण्डारीले दिए । उनका अनुसार, चाँडै जज पनि सार्वजनिक हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?