+
+
Shares

सल्यानको बागचौरमा १५ करोड लागतमा आधारभूत अस्पताल भवन निर्माण सुरु

बागचौर–२ को थारमारेमा १५ करोड रुपैयाँको लागतमा अस्पताल भवनको निर्माण थालिएको हो । त्यहाँ १० शय्याको आधारभूत अस्पताल बनाउने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १८:०८

२० असार, सल्यान । सल्यानको बागचौर नगरपालिकामा १० शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ ।

बागचौर–२ को थारमारेमा १५ करोड रुपैयाँको लागतमा अस्पताल भवनको निर्माण थालिएको हो । त्यहाँ १० शय्याको आधारभूत अस्पताल बनाउने तयारी छ ।

एक समारोहका बीच नगर प्रमुख जनकराज गौतमले अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण कार्य अघि बढाइएको नगर प्रमुख गौतमले बताए ।

भवन निर्माणको जिम्मा जनआदर्श भूमिराज–लोकमणी जेभीले पाएको छ ।

नगर प्रमुख गौतमले निर्माण कम्पनीलाई तोकिएको समयभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्न निर्देशन दिए । नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?