२० असार, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले सरकार हनिमुन अवधिको ह्याङओभरबाट चाँडै बाहिर निस्किने अपेक्षा व्यक्ति गरेकी छन् । सरकारलाई १०० दिन पुगेको अवसरमा बधाई तथा शुभकामना दिँदै उनले यस्तो अपेक्षा व्यक्त गरेकी हुन् ।
‘सरकारलाई १०० दिन पुगेको अवसरमा बधाई र शुभकामना । राजनीतिमा १०० दिनलाई प्राय: हनिमुन अवधी भनिन्छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘सरकार यो हनिमुन अवधिको ह्याङओभरबाट चाँडै बाहिर निस्केर लोकप्रिय सुनिने मुद्दाहरू भन्दा जनताको वास्तविक समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढोस् ।’
विगतका उदाहरण दिँदै शक्तिको उन्माद स्थायी नहुनेमा पनि उनले सरकारलाई सचेत गराएकी छन् । ‘देशको राजनैतिक विगतले शक्तिको उन्माद स्थायी हुँदैन भन्ने उदाहरण पटक–पटक दिएको छ । व्यक्ति बलियो बन्ने/बनाउने प्रवृत्तिले अधिनायकवादी तानाशाह जन्माउँछ भन्ने कुरा यो सरकारले बुझ्न ढिलो नगरोस्,’ अभियन्ता बमले लेखेकी छन् ।
प्रतिक्रिया 4