+
+
Shares

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते ९:२६

२१ असार, सर्लाही । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन् ।

प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथ देवलस्थित (सुन्धारा) केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका थिए । उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए  ।

फरार भएपछि उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । सोही क्रममा सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई गत शुक्रबार साझ पक्राउ गरिएको हो ।

पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?