+
+
Shares

नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १६:०३

काठमाडौं । ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको ‘लार्जर–देन–लाइफ’ अनुभव दिने यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर प्रदर्शन भइरहेको छ ।

फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको छ ।

अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेव (शिव) को शक्तिशाली र उग्र स्वरूपका रूपमा प्रस्तुत गरिएको छ । उनी आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन जीवन नै दाउमा लगाएर संघर्षरत देखिन्छन् ।

फिल्ममा विराट कर्णसँगै मुख्य अभिनेत्रीका रूपमा नभा नतेश र ऐश्वर्या मेननले अभिनय गरेका छन् । साथै, फिल्ममा चर्चित कलाकार महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि महत्वपूर्ण भूमिका छ ।

‘केजीएफ’ मार्फत ‘गरुडा’ पात्रबाट चर्चामा आएका रामचन्द्र राजुले फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ।

एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ । निर्माण पक्षका अनुसार हिन्दु धर्मप्रति आस्था राख्ने दर्शकका लागि यो फिल्म विशेष आकर्षणको केन्द्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?