Comments Add Comment

सूर्तिजन्य पदार्थ उत्पादकसँग राजश्व विभागको अन्तक्रिया

IRD
२९ असोज काठमाडौं । आन्तरिक राजस्व विभागले बुधवार सूर्तिजन्य पदार्थ उत्पादक संघका पदाधिकारी एवं उद्योगीहरुसँग अन्तक्रिया गरेको छ ।

सूर्तिजन्य पदार्थ गुट्खा, विडी, पान मसलालगायत प्याकिङ सामग्रीमा सूचनामूलक सन्देश, अन्तःशुल्क स्टिकरको प्रयोग तथा तोकिएको तौलमा प्याकिङ गर्नुपर्ने लगायतका विषयमा अन्तक्रिया भएको छ ।

कार्यक्रममा महानिर्देशक चुडामणि शर्माले समस्यालाई तेस्र्याएर यो मेरो समस्या होइन तेरो हो भनेर कोही पनि भाग्न नपाइने बताए । गल्ती गरेकोमा कोही कसैले उन्मुक्ति पाउनु नहुने उनको भनाई थियो ।

विभागले कर्मचारीलाई नाका नाकामा राखेर अनुगमन गर्न लागिएको बताए । व्यवसायीहरुलाई बेलैमा सचेत रहन आग्रह गर्दै यदि कसैले अनुशासन र कानुन उल्लंघन गर्छ भने आन्तरिक राजस्व विभाग चुप लागेर नबस्ने बताउनु भयो ।

कुनै पनि कमजोरी भेटिएको खण्डमा त्यसलाई आफ्नो नेतृत्वको अन्तशुल्क प्रशासनले कडा कारवाही गर्ने चेतावनी दिए ।  व्यवसायीका जायज समस्याहरु सुन्न विभाग तयार रहेको बताउदै व्यवसाय प्रवर्द्धन र सुधार गर्नका लागि विभागले सम्पूर्ण रुपमा सहयोग गर्न पनि तयार रहेको जानकारी दिए ।

उपमहानिर्देशक राममणि दुवाडीले सरकारले नियम कानुन बनाएकोले व्यवसायीहरुलाई नियम अनुसार हिड्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सूर्तिजन्य पदार्थ उत्पादक संघका पदाधिकारीहरु लगायत सोना टोवाको उद्योग, वीजार्ड प|mेगनेन्स, केरी टोवाको प्रोडक्ट, राधाकृष्ण प्रोडक्ट, श्री शिवशक्ति प्रोडक्सनलगायतका उद्योगका प्रतिनिधिहरुको उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment