+
+
Shares

४० लागिन् नम्रता, जन्मदिन मनाएको भिडियो सेयर गर्दै लेख्छिन्- म फर्किएँ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १८:०६

काठमाडौ । अभिनेत्री नम्रता श्रेष्ठ ४० वर्ष लागेकी छिन् । आफ्नो जन्मदिन सेलिब्रेसनबारे सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले आफू फर्किएको बताएकी छन् ।

हुन त, नम्रताको जन्मदिन १४ जुनमा हो । तर, जुन महिनाभर आफू आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति पञ्चकर्ममा ब्यस्त भएकाले त्यतिबेला मोबाइल नचलाएको उनले बताएकी छन् ।

उनले लेखेकी छन्, ‘जुन महिना मेरो थियो । पूर्णरूपमा शान्तसँग मेरो । २८ दिनको पञ्चकर्म । न फोन, न कोलाहल, न कुनै योजना । केवल वर्तमानमा बाँच्ने अनुभव ।’

‘डाक्टर, थेरापिस्ट र निको पार्ने व्यक्तिका बीचमा मेरो ४०औँ जन्मदिन बित्यो । उनीहरूले घरमै बनाएको केक र मेरा आफ्नै फिल्मका गीतहरू गाएर मलाई जन्मदिनको सुन्दर सरप्राइज दिए । केही जन्मदिन हामी आफैं योजना बनाएर मनाउँछौँ । कतिपय जन्मदिन भने जीवनले ठीक त्यही ठाउँमा र्पुयाएर मनाइदिन्छ, जहाँ हामीलाई पुग्न आवश्यक हुन्छ’ उनले लेखेकी छिन् ।

उनले पहिलेभन्दा आफू धेरै शान्त, सन्तुलित र सचेत भएर घर फर्किएको बताएकी छन् । ‘तपाईं जे खानुहुन्छ, तपाईं त्यसैबाट बन्नुहुन्छ । तपाईं जे बोकेर हिँड्नुहुन्छ, त्यसले पनि तपाईंलाई बनाउँछ । र, तीमध्ये केही भार बिसाउने निर्णय गर्ने अधिकार पनि तपाईंमै हुन्छ’ उनी लेख्छिन्, ‘अब म फर्किएको छु, पहिलेभन्दा अझ भरिपूर्ण भएर ।’

नम्रता फिल्ममा नफर्किएको ७ वर्ष बितेको छ । स्रोतका अनुसार, उनी एक फिल्मबाट पुनरागमन गर्ने तयारीमा छिन् र उनले सो फिल्म साइन गरिसकेको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?