+
+
Shares

नियमावलीमा शैक्षिक परामर्श संघ-संस्थाको विरोध

शैक्षिक परामर्श संघ-संस्थाले मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको नियमावलीको विरोध जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १९:०३

२४ असार, काठमाडौं । शैक्षिक परामर्श संघ-संस्थाले मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको नियमावलीको विरोध जनाएका छन् ।

ठूला व्यवसायीलाई प्रवेश गर्नेगरी नियमावली बनाइएको आरोप परामर्श संघ-संस्थाको छ ।

बुधबार मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत हुदै गर्दा संघ-संस्था भने काठमाडौंको एक होटलमा नियमावलीबारे आफ्नो धारणा राखिरहेका थिए ।

‘हामीलाई बन्द गर्न खोजेको हो ? ठूला व्यवसायीलाई प्रोत्साहन र इन्ट्री गराउन खोजेकोमा सशंकित भएका छौँ,’ नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले भने, ‘अस्पष्ट नियमावली ल्याएको छ ।’ आफूहरूको हक हितमा नियमावली नरहेको उनको दाबी छ ।

‘निर्देशिकाभन्दा पनि कमजोर नियमावली आएको छ । नियमावली होइन एने ल्याउनुपर्छ,’ उनले भने ।

शैक्षिक परामर्श संघ संस्थालाई निषेध नभइ प्रमाणको आधारमा नियमावली बनाउनु पर्ने तर्क उनको छ ।

धरौटी शुल्क र मापदण्डका विषयमा पनि शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन् । सेवामूलक भएकाले धरौटी लगायतका रकम बढी भएको दाबी उनीहरूको छ ।

‘नियमावली अप्रासंगिक छ । धरौटीको पक्षमा छैनौं । नयाँ पुस्ता काम गर्न यो क्षेत्रमा आइरहनु भएको छ । धरौटी राख्न हुदैन । राखियो भने आन्दोलन गछौं,’ उनले भने, ‘नियमन्त्रणमुखी नियमावली छ । प्रोटेस्ट गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?