+
+
Shares

बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ११:०२

२५ असार, काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे ।

‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं । उहाँहरुमाथि अनुसन्धान बढ्छ’, एसएसपी जबराले भने ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार सीआईबीले अहिले तीन जनालाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा चलाइने सीआईबीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?