+
+
Shares
फ्राइडे रिलिज :

‘भागदौड’ सहित ३ विदेशी फिल्म हलमा लागे

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि हलहरूमा नेपाली फिल्म 'भागदौड' सहित तीन विदेशी फिल्महरू 'धमाल ४', 'एभिल डेड बर्न' र 'मोआना' प्रदर्शनमा आएका छन्।
  • हिमाल उप्रेती निर्देशित नेपाली फिल्म 'भागदौड' सामाजिक र भावनात्मक संवेदना बोकेको एक सोसल ड्रामा फिल्म हो।
  • अजय देवगण अभिनित बलिउड फिल्म 'धमाल ४' ले खजानाको खोजीको कथा प्रस्तुत गरेको छ भने हलिउडका 'एभिल डेड बर्न' र 'मोआना' पनि प्रदर्शन भएका छन्।

काठमाडौं । शुक्रबारदेखि हलमा एक नेपालीसहित ३ विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘भागदौड’, बलिउडको ‘धमाल ४’, हलिउडको ‘एभिल डेड बर्न’ र हलिउडको मोआना प्रदर्शनमा आएका छन् ।

हिमाल उप्रेती निर्देशित सोसल ड्रामा फिल्म ‘भागदौड’ को रनटाइम १ घण्टा ३५ मिनेट छ । सामाजिक र भावनात्मक संवेदना बोकेको यो फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं लगायतको अभिनय छ ।

अजय देवगण स्टारर ‘धमाल ४’ पनि रिलिज भएको छ । १४३ मिनेट रनटाइमको यो फिल्मलाई कमेडी ड्रामा जनरामा राखिएको छ । देवगणसहित अरशद वारसी, रितेश देशमुख, संजय मिश्र अभिनित फिल्मले खजानाको खोजीको कथा भन्छ ।

हलिउडको ‘एभिल डेड बर्न’ एडल्ट फिल्म हो । पति गुमाएपछि सासू-ससुरासँग बस्न पुगेकी एक महिलाको जीवन अप्रत्याशित र डरलाग्दो मोडमा पुग्छ । परिवारका सदस्य एकपछि अर्को गर्दै रहस्यमय रूपमा ‘डेडाइट’ मा रूपान्तरण हुन थालेपछि उनले आफूले जीवनभर निभाउने कसम मृत्युले पनि अन्त्य गर्न नसक्ने सत्यको सामना गर्नुपर्छ ।

अंग्रेजी भाषाको हरर विधामा बनेको यो फिल्ममा लुसियाने बुकानन, हन्टर डुहान र सुहैला याकुबको अभिनय छ भने यसको निर्देशन सेबास्टियन भानिसेकले गरेका छन् । डिज्नीको फिल्म ‘मोआना’ पनि प्रदर्शनमा आएको छ । सन् २०१६ मा प्रदर्शन भएको लोकप्रिय एनिमेटेड फिल्म ‘मोआना’ अब लाइभ-एक्सन संस्करणमा दर्शकमाझ आउने भएको छ ।

११५ मिनेट लामो यो अंग्रेजी भाषाको साहसिक कथाको फिल्ममा ड्वेन जोन्सन र रेना ओवेनको मुख्य अभिनय छ । प्रशान्त महासागरका टापुहरूको पृष्ठभूमिमा आधारित यो फिल्मले मोआनाको साहसिक यात्रालाई नयाँ शैली र वास्तविक दृश्यांकनसहित प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?