+
+
Shares

संसद्‌मा कांग्रेसका दुई सांसदको एउटै भाषण

यहाँ रोचक कुरा के भने कांग्रेसकी अर्की सांसद सीता थपलियाले प्रमुख सचेतक बासना थापाले बोलेको अभिव्यक्ति नै हुबहु प्रस्तुत गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीप्रति विरोध जनाउँदै अवरोध गरेका छन् ।
  • नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, 'के राज्य यति निरीह र असफल भइसकेको हो ?'
  • सांसद सीता थपलियाले समेत प्रमुख सचेतक थापाको अभिव्यक्तिलाई हुबहु दोहोर्‍याउँदै सुशासन र रोजगारीको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

२६ असार, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख डीपी अर्यालले आजको बैठकको कामकारबाही सुरु भएको गर्ने जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । लगत्तै अर्यालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई छोटकरीमा आफ्नो भनाइ राख्न भन्दै अनुरोध गरे।

उनले प्रधानमन्त्री बालेन शाहले सीमा विवादको विषयमा बोलेको विषयमा आपत्ति जनाइन् । साथै उनले बिहीबार काठमाडौंमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज मृत्यु भएको विषयमा प्रश्न सोधिन् । उनले सुकुमवासीका विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् ।

उनले देशले आशा गरेको भनिएको सरकार आउँदा पनि समस्या उस्तै रहेको भन्दै प्रधानमन्त्रीलाई राज्य निरीह किन भइरहेको भनेर प्रश्न सोधिन् ।

‘म तपाईंकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू ।के राज्य यति निरीह र असफल भइसकेको हो। के आफ्ना कुरा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो,’ उनले भनिन्, ‘यदि होइन भने यस्ता हृदयविदारक घटनाहरू पटकपटक किन दोहोरिरहन्छन् ।म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु- अब कालो चस्मा खोल्ने बेला आएको छ ।’

थापाले साझा यातायातको हरियो बसमा सरकारले निलो रंग लगाएर सञ्चालन गर्न लागेको विषयमा पनि ध्यानार्षण गराइन् ।

‘साझा यातायातको हरियो बसलाई निलो पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन । सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ, सुशासन कायम गर्छ र नागरिकमा भविष्यप्रतिको भरोसा जगाउँछ,’ उनले भनिन् ।

यहाँ रोचक कुरा के भने कांग्रेसकी अर्की सांसद सीता थपलियाले प्रमुख सचेतक बासना थापाले बोलेको अभिव्यक्ति नै हुबहु प्रस्तुत गरिन् । प्रमुख सचेतक थापा भन्दा केही पछि बोल्ने पालो पाएकी थपलियाले विषयबस्तु भने हुबहु राखिन् । उनीहरू दुवैले बोल्दाखेरी कापीमा लेखेको पढेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?