+
+
Shares

शेखर र उनका बहिनीहरूलाई राहत सामग्री हस्तान्तरण

सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादव र उनका दुई साना बहिनीहरूलाई सहयोग प्राप्त भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजारमा अभिभावकविहीन अवस्थामा रहेका तीन बालबालिकालाई भिजी फाउन्डेसन र एनआईसी एशिया बैंकले अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका छन्।
  • बैंकका शाखा प्रबन्धक मो. सदाव प्रवेजका अनुसार बालबालिकालाई करिब तीन महिना पुग्ने खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको छ।
  • स्थानीय शिक्षक प्रमोद कुमार सिंहले सहयोगको सराहना गर्दै बालबालिकाको उज्ज्वल भविष्यका लागि दीर्घकालीन र दिगो संरक्षण व्यवस्थापन आवश्यक रहेको कुरामा जोड दिएका छन्।

२६ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादव र उनका दुई साना बहिनीहरूलाई सहयोग प्राप्त भएको छ ।

अभिभावकको संरक्षणविना हुर्किरहेका शेखर, सोनाक्षी र दिव्यांशीका लागि काठमाडौंको थपाथलीस्थित भिजी फाउन्डेसनको आर्थिक सहयोगमा एनआईसी एशिया बैंक गोलबजारले खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो।

बैंकका शाखा प्रबन्धक मो. सदाव प्रवेजका अनुसार बालबालिकाको अवस्थाबारे सञ्चारमाध्यममा समाचार प्रसारण भएपछि भिजी फाउन्डेसनले सहयोगको पहल गरेको हो। उनले करिब तीन महिनासम्म पुग्ने गरी चामल, चाउचाउ, बिस्कुट, हर्लिक्स, कपडा, जुत्ता–चप्पललगायतका सामग्री उपलब्ध गराइएको छ ।

स्थानीय शिक्षक प्रमोद कुमार सिंहले सहयोगको स्वागत गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका लागि दीर्घकालीन तथा दिगो व्यवस्थापन आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?