News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार बोर्डले एक वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अशक्त भएका श्रमिकका ३ हजार ३ सय ६३ सन्तानलाई छात्रवृत्ति प्रदान गरेको छ ।
- छात्रवृत्ति पाउनेहरूमा १ हजार ७ सय ८१ छात्र र १ हजार ५ सय ८२ छात्रा रहेका छन् ।
- लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ७ सय ७८ विद्यार्थीले छात्रवृत्ति पाएका छन् भने सुदूरपश्चिम प्रदेशबाट ८५ विद्यार्थी छनोटमा परेका छन् ।
२६ असार, काठमाडौं । एक वर्ष अवधिमा वैदेशिक रोजगारीमा गएका श्रमिकका ३ हजारभन्दा बढी सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
वैदेशिक रोजगार बोर्ड अन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२/८३ का लागि वैदेशिक रोजगारीमा गएका मृत्यु/अशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ ।
विवरण अनुसार हालसम्म देशभरिका कुल ३ हजार ३ सय ६३ विद्यार्थी छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्राप्त विवरण अनुसार छात्रवृत्ति पाउने कुल विद्यार्थीमध्ये १ हजार ७ सय ८१ जना छात्र र १ हजार ५ सय ८२ जना छात्रा छन् ।
प्रदेशगत हेर्दा सबैभन्दा बढी विद्यार्थी लुम्बिनी प्रदेशबाट छन्, जहाँ ७ सय ७८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । यसैगरी कोशीबाट ७ सय ३७, मधेस ७ सय १३ र गण्डकीबाट ५ सय ३१ विद्यार्थी समेटिएका छन् ।
बागमतीमा ३ सय ८१ विद्यार्थीले छात्रवृत्ति पाएका छन् भने कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम छ । विवरण अनुसार कर्णालीबाट १ सय ३८ र सुदूरपश्चिमबाट ८५ विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् ।
वैदेशिक रोजगार बोर्डमा प्राप्त हुन आएका छात्रवृत्तिका निवेदनमाथि बोर्डले आवश्यक कागजातको मापदण्डका आधारमा छनोट गरे बमोजिम छात्रवृत्ति वितरण गरिएको छ ।
मृत्यु/अशक्त भएका श्रमिकका छोराछोरीलाई शिक्षामा राहत पुर्याउने उद्देश्यले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम बोर्डले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया 4