+
+
Shares

वृद्धको १२ वटा दाँत निकाल्ने र उनको खाताको सबै पैसा निकाल्नेलाई कारबाही

चीनमा एक जना वृद्धको १२ वटा दाँत निकाल्ने र उनको खाताको सबै पैसा तान्ने डेन्टल क्लिनिक कारबाहीमा परेको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको शाङ्सी प्रान्तमा एक वृद्धको १२ वटा दाँत निकालेर खाताको सम्पूर्ण रकम हडप्ने डेन्टल क्लिनिकलाई स्थानीय प्रशासनले बन्द गराएको छ।
  • क्लिनिकले बिरामीको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुँदाहुँदै नक्कली डकुमेन्ट बनाइ गलत उपचार गरेको र रकम ठगी गरेको पाइएको छ।
  • अधिकारीहरूले क्लिनिकलाई बिरामीको सम्पूर्ण उपचार शुल्क फिर्ता गर्न आदेश दिँदै कानुनी कारबाही अघि बढाएका छन्।

२६ असार, काठमाडौं । चीनमा एक जना वृद्धको १२ वटा दाँत निकाल्ने र उनको खाताको सबै पैसा तान्ने डेन्टल क्लिनिक कारबाहीमा परेको छ। उत्तर-पश्चिमी चीनको शाङ्सी प्रान्तका ६३ वर्षका ली थर भएका ती वृद्ध गत सेप्टेम्बरमा दाँत दुखेर दातुआनयुआन डेन्टल क्लिनिक गएका थिए।

क्लिनिकका कर्मचारीले उनलाई लिन गाडी नै पठाएका थिए र उनको निःशुल्क परीक्षण पनि गरिदिएका थिए। विज्ञापनको प्रलोभनमा परेर ती वृद्धले आफ्ना बाँकी रहेका १२ वटा दाँत निकाल्न र १० वटा इम्प्लान्ट हाल्न मन्जुरी दिएका थिए।

त्यसपछि क्लिनिकका कर्मचारीले उनको बैंक अकाउन्ट र डिजिटल वालेटबाट सबै १८ हजार ८ सय युआन रकम निकालेका थिए। उनीहरूले ६ हजार २ सय युआनको बिल बाँकी नै राखेर ती वृद्धसँग जम्मा ३० युआन मात्र छोडिदिएका थिए।

बुबाको यो अवस्था देखेपछि छोराले स्वास्थ्य कार्यालयमा क्लिनिकविरुद्ध उजुरी दिएका थिए। ती वृद्धलाई कोरोनरी मुटुको रोग, मधुमेह र उच्च रक्तचाप जस्ता गम्भीर बिरामी थिए र उनलाई चार वटा स्टन्ट पनि राखिएको थियो। यस्तो अवस्थामा दाँत निकाल्न र तुरुन्तै इम्प्लान्ट गर्न निकै जोखिमपूर्ण मानिन्छ।

क्लिनिकले बिरामीको मेडिकल रेकर्डमा महिला लेखेको र नक्कली डकुमेन्ट बनाएको पनि खुलासा भएको छ। स्थानीय स्वास्थ्य ब्यूरोले छानबिन गर्दा क्लिनिकले पूर्ण रूपमा प्रि-अपरेटिभ एसेसमेन्ट नगरेको र सही रेकर्ड नराखेको फेला पारेको छ। अधिकारीहरूले क्लिनिकलाई ती वृद्धको उपचार शुल्क फिर्ता गर्न आदेश दिँदै क्लिनिक बन्द गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?