+
+
Shares

नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागार्जुन नगरपालिकाको सीताराम मावि र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
  • सम्झौताअनुसार दुवै संस्थाले शैक्षिक आदान–प्रदान, अनुसन्धान र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन्।
  • यस सहकार्यले विद्यार्थी र शिक्षकका लागि विश्वस्तरीय सिकाइका अवसरहरू सिर्जना गर्ने बताइएको छ।

२६ असार, काठमाडौं । नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको वडा-६ का अध्यक्ष देवेन्द्रराज गिरी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा. चो युन यी, निर्देशक योङ–सुन ओह लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिनेछ।

यस सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका लागि विश्वस्तरीय सिकाइका अवसर विस्तार हुने बताइएको छ ।

सनमुन विश्वविद्यालयले नेपालमा सञ्चालन गरिरहेको ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रमबारे पनि जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?