+
+
Shares

दीर्घकालीन असर पर्ने कार्य नगर्न रेडक्रसको सर्कुलर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते ९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रेडक्रस सोसाइटीले आफ्ना मातहतका कार्यालय र शाखाहरूलाई संस्थालाई दीर्घकालीन असर पर्ने कुनै पनि नयाँ कार्यहरू नगर्न निर्देशन दिएको छ ।
  • महामन्त्री ऋषिरमण खनालद्वारा जारी पत्रमा नियमित सेवा र परियोजना बाहेकका गतिविधिहरू तत्कालका लागि रोक्न अनुरोध गरिएको छ ।
  • सरकारद्वारा नियुक्त डा. विशालकुमार भण्डारी नेतृत्वको केन्द्रीय तदर्थ समितिले तोकिएको कार्यादेशबमोजिमका जिम्मेवारीहरू पूरा गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

२७ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले मातहतका शाखाहरूलाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्यहरू नगर्न अनुरोध गरेको छ ।

रेडक्रस सोसाइटीले प्रदेश कार्यालय र जिल्ला शाखाहरूलाई संस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि कार्यहरू नगर्न अनुरोध गरेको हो ।

‘संस्थामार्फत प्रदान गरिने नियमित सेवाका कार्यहरू र कार्यक्रम/परियोजनासँग सम्बन्धित गतिविधिहरू बाहेक तत्कालका लागि संस्थालाई दीर्घकालीन असर पर्ने अन्य कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन अनुरोध गर्दछौं,’ महामन्त्री ऋषिरमण खनालद्वारा पठाइएको अनुरोध पत्रमा भनिएको छ ।

सरकारबाट प्राप्त कार्यादेशबमोजिम नवगठित केन्द्रीय तदर्थ समितिले कार्य क्षेत्रगत शर्त (टीओआर) बमोजिमका कार्यहरू समयमा नै सम्पन्न गर्न आवश्यक कार्य गरिरहेको पनि पत्रमा उल्लेख छ ।

मन्त्रिपरिषद्को २६ जेठमा डा. विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?