२७ असार, काठमाडौं । अमेरिकाले इरानसँग शनिबार प्रस्तावित वार्ता हुनुअघि होर्मुज स्ट्रेटलाई लिएर सार्वजनिक प्रतिवद्धताको माग गरेको छ ।
अमेरिकी प्रशासन इरानले आधिकारिक रूपमा होर्मुज स्ट्रेट खुला रहेको घोषणा गरोस् भन्ने चाहन्छ। इरानले कमर्सियल जहाजहरूमा गोलीबारी नगर्ने प्रतिबद्धता पनि सार्वजनिक रूपमा गर्नुपर्ने अमेरिकाको भनाइ छ।
सीबीएस न्यूजको रिपोर्टअनुसार ह्वाइट हाउस इरानले कमर्सियल जहाजहरूमा गोलीबारी गर्नु गल्ती थियो भन्ने कुरा सार्वजनिक रूपमा स्वीकार गरोस् भन्ने चाहन्छ।
अमेरिकी मिडियाले अज्ञात अधिकारीहरूलाई उद्धृत गर्दै इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँगको निजी कुराकानीमा जहाजहरूमा गोलीबारी गर्नु गल्ती भएको स्वीकार गरेको दाबी गरेका छन्।
तर इरानले यस घटनाको जिम्मेवारी आफ्नै एउटा विद्रोही गुटलाई दिएको छ। वास्तवमा जुन महिनामा अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको थियो। सो सम्झौतामा इरानले कमर्सियल जहाजहरूलाई सुरक्षित मार्ग दिने प्रतिज्ञा गरेको थियो।
सीबीएस न्यूजका अनुसार वरिष्ठ अमेरिकी अधिकारीहरूले इरानको भनाइबारे जानकारी दिएका छन्। इरानले कट्टरपन्थीहरूको एउटा विद्रोही गुटले कमर्सियल जहाजहरूमा गोलीबारी गरेको दाबी गरेको छ।
सो गुटले दुई देशबीच भइरहेको वार्तालाई भाँड्न खोजेको इरानको भनाइ छ। रिपोर्टमा एक अमेरिकी अधिकारीले इरानीहरू फेरि वार्ताको टेबुलमा आएको बताएका छन्। उनीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार गर्दै वार्ता जारी राख्न आग्रह गरेका छन्।
प्रतिक्रिया 4