News Summary
Generated by OK AI. Editorially reviewed.- असार १८ गते दैलेखको कर्णाली नदीमा खसेको गाडीमा सवार चालक तुलाराम सुवेदीको शव फेला परेको प्रहरीले जनाएको छ ।
- दुर्घटनामा परेको सवारीका अन्य यात्रुहरू अझै बेपत्ता रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले उल्लेख गरेको छ ।
- सुर्खेतबाट कालिकोट जाँदै गर्दा कर्णाली नदीमा खसेको उक्त गाडीमा सवार मेखे तिरुवाको शव यसअघि नै फेला परिसकेको थियो ।
२७ असार, काठमाडौं । असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ ।
अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ बस्ने तुलाराम सुवेदी रहेको प्रहरीले बताएको छ ।
यसअघि पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवाको शव फेला परेको थियो ।
उक्त मृतक सुवेदी र मेखेसहित उक्त गाडीमा रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी सवार थिए ।
असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटना भएको थियो ।
सडकबाट उक्त गाडी कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता भएको थियो ।
प्रतिक्रिया 4