News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
- शनिबार बिहान घरको भान्सामा शरीरमा आगो लगाएका राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो।
- प्रहरीले उद्धार गरी आईसीयूमा भर्ना गरिएका राउतले किन यस्तो चरम कदम चाले भन्ने कारण अझैसम्म खुलेको छैन।
२७ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।
उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । उनले आत्मदाहको प्रयासको कारण भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4