+
+
Shares

कैलालीमा ट्रकमाथि निगरानी बढाइयो, भैरवाहबाट आएका ट्रकलाई ५ हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीमा क्षमताभन्दा बढी सामान ओसारपसार गर्ने मालबाहक ट्रकहरूमाथि ट्राफिक प्रहरी र व्यवसायीहरूले संयुक्त निगरानी बढाएका छन् ।
  • कृषि सामग्री कम्पनीको मल बोकेका दुईवटा ट्रकले भार क्षमताभन्दा १० टन बढी सामान ल्याएपछि तिनलाई पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
  • सडक र पुलको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि ओभरलोड बोक्ने सवारीसाधनमाथि कारबाहीको दायरा फराकिलो बनाउँदै लगिएको प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले बताएका छन् ।

२८ असार, धनगढी । कैलालीमा मालबाहक सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरुले क्षमताभन्दा बढी सामान ल्याउन थालेपछि निगरानी बढाइएको छ । सेती महाकाली ट्रक व्यवसायी संघमा आवद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने ट्रकहरुमाथि निगरानी बढाउँदै कारबाहीको दायरामा ल्याउन थालेका छन् ।

व्यवसायीहरुकाअनुसार विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायीका प्रतिनिधि समेतको सहभागितामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेकजाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेकजाँचलाई हटाएको छ । त्यसपछि ओभरलोड बोक्ने क्रम बढेको व्यवसायीहरुको गुनासो छ ।

केही दिनअघि भैरवाहबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीको मल लिएर आएका दुईवटा ट्रकले ओभरलोड बोकेर ल्याएका थिए । ओभरलोड बोकेर ल्याएका ती ट्रकलाई सेती महाकाली ट्रक व्यवसायी संघका पदाधिकारीको सक्रियतामा कृषि सामग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।

रुटपरमिट र जाँचपास समेत नगरेका ट्रकले भार क्षमताको १०/१० टन बढी सामन लोडल गरेर धनगढी ल्याएको तथ्य खुलेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यातायात कार्यालयलाई कारबाही सिफारिस गरेको थियो ।

ट्राफिक प्रहरीको सिफारिसअनुसार उनीहरुलाई यातायातले ५/५ हजार जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले जानकारी दिएका छन् । प्रहरी निरीक्षक आचार्यले अहिले ट्रकहरुमाथि निगरानी बढाइएको बताउदै ओभरलोड बोक्नेहरुलाई कारवाहीको दायरामा ल्याउने काम भइरहेको बताए ।

मधेश प्रदेश ०३००२ ख ५३७६ र ५३७७ नम्बरको ट्रक जरिवानामा परेका हुन् ।

उनकाअनुसार शनिबार मात्र दाङबाट क्षमताभन्दा बढी सिमेन्ट ल्याएर धनगढी आउने क्रममा एउटा ट्रकले ओभरलोड बोकेको पाइएपछि सामान अनलोड गराएर कारबाही गरिएको छ ।

प्रहरीकाअनुसार दाङबाट सिमेन्ट ल्याएर आएको भे १ ख ४५५० नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । ओभरलोडकका कारण दुुर्घटनाको जोखिमको अतिरिक्त सडक र पुलको क्षमताले नधान्ने हुँदा थप दुुर्घटना हुने सम्भावना बढि रहन्छ । त्यसकारण पनि ओभरलोड बोक्ने सवारीसाधनमाथि निगरानी बढाउँदै नियन्त्रण गर्नु जरुरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?