News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले सिंगापुरलाई १५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
- नेपालले दिएको २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ४८ रनमात्र बनाउन सकेको छ ।
- ब्याटिङतर्फ सना प्रवीणले अविजित ९८ र साबित्री धामीले ७४ रन बनाएपछि नेपालले क्वाटरफाइनलको यात्रा बलियो बनाएको छ ।
२८ असार, काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलको नजिक पुगेको छ ।
समूह ‘डी’ अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा नेपालले सिंगापुरमाथि १५१ रनको अर्को फराकिलो जित हासिल गरेको हो ।
नेपालले दिएको २०० रनको बलियो लक्ष्य पछ्याएको सिंगापुरले पूरा २० ओभरमा ८ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो । अंकितावर्षा राजले सर्वाधिक १९ रन बनाइन् ।
नेपालका लागि अनु कडायतले ४ ओभरमा ४ रन मात्र दिएर ३ विकेट लिइन् । मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए भने कप्तान सोनी पाख्रिनले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइक १९९ रन बनाएको थियो । ओपनर सना प्रवीणले सर्वाधिक ९८ रन बनाए अविजित रहिन् भने अर्की ओपनर साबित्री धामीले ७४ रन बनाइन् ।
नेपालले अब समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्नेछ । हङकङले यसअघि सिंगापुरलाई पराजित गरेको छ भने कतारले हङकङलाई पराजित गरेको छ ।
प्रतिक्रिया 4