+
+
Shares

‘माथिको अनुमति’ माग्दै खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि अहिले सुकुमवासीहरूलाई खरिपाटी लगिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको खरिपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएका छन् ।
  • मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्रै प्रवेश गर्न पाइने भन्दै सञ्चारकर्मीलाई फर्काइएको हो ।
  • कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीलाई खरिपाटी सारिएको थियो, सोही अवस्थाबारे जानकारी लिन पुगेका सञ्चारकर्मीलाई रोक लगाइएको हो ।

२८ असार, काठमाडौं । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरू राखिएको होल्डिङ सेन्टरमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ ।

‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । आजै गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी टोलीले खरिपाटीको होल्डिङ सेन्टरमा निरीक्षण गरेका थिए ।

मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति लिएर मात्रै होल्डिङ सेन्टरमा प्रवेश गर्न पाइने रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई बताइएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि अहिले सुकुमवासीहरूलाई खरिपाटी लगिएको छ ।

खरिपाटी लगेपछिको अवस्था बुझ्न पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?