+
फिफा विश्वकप २०२६ :

मेसीसँग खेल्न आतुर छन् निको ओ’रिली

२०८३ असार  ३० गते १२:५४ २०८३ असार ३० गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका युवा खेलाडी निको ओ'रिलीले महान् खेलाडी लियोनल मेसीविरुद्ध खेल्न पाउनु आफ्नो जीवनको दुर्लभ अवसर भएको बताएका छन् ।
  • गोलरक्षक जोर्डन पिकफोर्डले अर्जेन्टिनाको बलियो टोलीलाई रोक्न मेसीलाई मात्र नभई सम्पूर्ण खेलाडीलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका छन् ।
  • इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको विश्वकप सेमिफाइनल खेल बिहीबार बिहान १२:४५ बजे अमेरिकाको एटलान्टामा हुने भएको छ ।

३० असार, काठमाडौं । इंग्ल्यान्डका युवा लेफ्ट ब्याक निको ओ’रिलीले अर्जेन्टिनाका कप्तान लियोनल मेसीविरुद्ध खेल्नु आफ्नो जीवनकै दुर्लभ अवसर भएको बताएका छन् ।

‘म निकै उत्साहित छु। यो जीवनमा एकपटक मात्रै आउने अवसर हो। मेरो विचारमा मेसी फुटबल इतिहासकै महान् खेलाडी हुन् । उनीविरुद्ध खेल्न पाउनु नै विशेष कुरा हो’ उनले भने ।

३९ वर्षीय मेसीले यस विश्वकपमा आठ गोल गर्दै फ्रान्सका किलियन एमबाप्पेसँग गोल्डेन बुटको दौडमा संयुक्त अग्रता बनाएका छन् । विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ, जुन नयाँ कीर्तिमान हो ।

निकोले यसो भनिरहँदा मेसीको लागि पनि इंग्ल्यान्डसँगको यो पहिलो र सम्भवत: अन्तिम भेट हुनेछ । लियोनल मेसीले करियरमा कहिल्यै इंग्ल्यान्डसँग खेल्न लागेका हुन् ।

यस्तै इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले मेसीलाई मात्र रोक्ने योजना पर्याप्त नहुने बताएका छन् ।

‘मेसी कति उत्कृष्ट खेलाडी हुन् भन्ने सबैलाई थाहा छ । तर अर्जेन्टिना मेसीमात्र होइन । उनीहरूसँग धेरै गुणस्तरीय खेलाडी छन् । हामीले उनीहरूको सम्पूर्ण टोलीलाई ध्यानमा राखेर खेल्नुपर्छ,’ पिकफोर्डले भने ।

इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनल बिहीबार बिहान १२:४५ बजे अमेरिकाको एटलान्टामा हुनेछ । यस खेलको विजेताले फाइनलमा फ्रान्स र स्पेनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

-बीबीसीबाट

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय