+
+
Shares

राहदानी छपाइको विषय अदालतमा विचाराधीन छ, समितिमा छलफल हुन हुँदैन : पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले विचाराधीन मुद्दामा अदालतको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
  • पराजुलीले राहदानी छपाइ मुद्दा अदालतमा गइसकेको सन्दर्भमा समितिलाई उक्त विषयमा धेरै नउल्झन आग्रह गरेका छन्।
  • भ्रष्टाचार निर्मूल पार्न प्रणालीमै सुधार आवश्यक रहेको र न्यायालयले आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे।

३० असार, काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले अदालतको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको पराजुलीले राज्यका तीनै अङ्ग–कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आफ्नै क्षेत्राधिकार रहेको उल्लेख गर्दै अदालतको सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।

राहदानी छपाइको विषयलाई लिएर गत असार ८ गते नै विशेष अदालतमा मुद्दा दायर भइसकेको सन्दर्भमा समितिले यसलाई धेरै गिजोल्न नहुने उनको तर्क छ ।

‘भ्रष्टाचार देशको प्रमुख समस्या हो र यसलाई निर्मूल पार्न प्रणालीमै सुधार आवश्यक छ । तर जुन विषय सम्मानित अदालतमा विचाराधीन छ, त्यसमाथि समितिमा छलफल गर्दा वास्तविक उद्देश्य प्राप्तिमा बाधा पुग्न सक्छ । न्यायालयले आफ्नो जिम्मेवारी पूरा गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

उनले विगतका एयरबस खरिद प्रकरण र खानेपानी आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितता स्मरण गराउँदै नेपालका सार्वजनिक खरिद र ठेक्का प्रक्रियाहरू भ्रष्टाचारबाट मुक्त हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?