+
+
Shares

त्रिविको तलब बेरुजु देखिएकोबारे सांसद पराजुलीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १४:५३

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले महालेखा परीक्षकको कार्यालयले त्रिभुवन विश्वविद्यालयका ४ सय ८० जना करारका शिक्षण सहायकहरू पारिश्रमिकलाई बेरुजु देखाइदिएको विषयमा गम्भीर बन्न संसदीय समितिलाई आग्रह गरेका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा उनले यस विषयमा गम्भीर बन्न आग्रह गरेका हुन् ।

महालेखाले देखाएको बेरुजु श्रम गरेर तलब लिएका कर्मचारीबाट असुल गर्ने कि प्रक्रिया नपुर्‍याई निर्णय गर्ने निकायको जिम्मेवारी खोज्ने भन्ने प्रश्न पनि गरे ।

पराजुलीले श्रम गरेर पारिश्रमिक लिएका कर्मचारीलाई अन्याय हुने अवस्था सिर्जना हुन नदिन समितिले न्याय, सुधार र जवाफदेहिताको पक्षमा काम गर्नुपर्ने बताए ।

यस्ता प्रकृतिका धेरै विषय रहेको उल्लेख गर्दै उनले सार्वजनिक सरोकारका विषयमा प्रभावकारी हस्तक्षेप गर्न आग्रह पनि गरे ।

‘केही दिन अगाडि त्रिभुवन विश्वविधालयका ४ सय ८० जना करारका शिक्षण सहायकहरू गुनासो लिएर हामीकहाँ आउनुभएको थियो । महालेखा परीक्षकले उनीहरूले लिएको तलबभत्तामा बेरुजु देखाइदियो, अब त्यो बेरुजु देखाएको रकम श्रम गरेर तलब खाएकासँग असुली गर्ने हो की त्यो संस्थाले निर्णय गर्दा प्रक्रिया नपुर्‍याइकन निर्णय गरेर तलब खुवाउनेसँग गर्ने हो ?,’ उनले भने, ‘श्रम गरेर आफ्नो ज्याला लिएका कर्मचारीहरूबाट रकम असुली गर्नुपर्ने भन्ने आसय प्रकट भएको छ, यस्ता विषय धेरै छन्, यी विषयमा समितिले न्याय गर्नुपर्ने, सुधार गर्नुपर्ने पाटोमा काम गर्नुपर्छ ।’

समितिमा बेरुजु छलफल उपसमिति गठनमा गर्ने र आन्तरिक कार्यविधि पारित गर्ने विषयमा छलफल भएको थियो ।

सार्वजानिक लेखा समितिले पाँच वटा उपसमिति गठन गर्ने लागेको छ ।

अर्थ सुशासन उपसिमिति, राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानज पुँजी उपसमिति र  सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति छन् ।

तर समिति संयोजक चयनमा कुरा नमिलेपछि उपसमिति गठन हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?