+
+
Shares

‘गौंथली’ को प्रिमियरमा रुचाइयो कथावस्तु, अभिनय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजधानीमा प्रिमियर गरिएको फिल्म ‘गौंथली’ले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपरेका बाध्यताको कथालाई मर्मस्पर्शी ढंगले चित्रण गरेको छ ।
  • फिल्ममा अभिनेता अरुण क्षेत्रीले निर्वाह गरेको अटिजम रोग भएको व्यक्तिको भूमिका र कलाकारको अभिनयको प्रिमियरमा सहभागी दर्शक तथा कलाकारले प्रशंसा गरेका छन् ।
  • निर्देशक कपिल रिजाल र सुमन गिरीद्वारा निर्मित यो फिल्म आगामी १ साउनदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको छ ।

काठमाडौं । फिल्म ‘गौंथली’लाई प्रिमियर गरिएको छ । सोमबार बेलुका राजधानीको एक हलमा फिल्मको पहिलो प्रदर्शन गरियो ।

प्रिमियरमा फिल्म हेरेका दर्शकले कथावस्तुको प्रशंसा गरेको निर्माता सुमन गिरीले बताए । उनका अनुसार, यो फिल्मले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपर्ने बाध्यताको कथा भनिएको छ ।

कथासँगै अभिनयको पनि प्रशंसा भएको बताइएको छ । कलाकार अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयको तारिफ भएको जनाइएको छ । फिल्ममा अभिनेता क्षेत्रीले अटिजम रोग भएको व्यक्तिको भूमिका निर्वाह गरेका छन् ।

प्रिमियरमा कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल लगायतका कलाकार सहभागी थिए । उनीहरूले तत्कालिन नेपाली समाजको कथालाई फिल्मले मर्मस्पर्शी ढंगले चित्रण गरेको बताएका छन् ।

निर्देशक समेत रहेका कपिल रिजालले सुमनसँग मिलेर यो फिल्ममा लगानी गरेका हुन् । यो फिल्म १ साउनदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?