News Summary
Generated by OK AI. Editorially reviewed.- २० औं एसियाली खेलकुदको तयारीका लागि नेपाली कुस्ती टोली बिहीबार विशेष प्रशिक्षण शिविरका लागि भारत प्रस्थान गर्दैछ ।
- नयाँ दिल्ली र उत्तर प्रदेशमा हुने ४५ दिने प्रशिक्षणमा छ खेलाडी, एक प्रशिक्षक र दुई व्यवस्थापक गरी नौ सदस्यीय टोली सहभागी हुनेछन् ।
- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडमा राम्रो प्रदर्शन गर्न खेलाडी र प्रशिक्षकहरूलाई प्रशिक्षणमा पूर्ण रूपमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।
३० असार, काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि नेपाली कुस्ती टोली बिहीबार भारत जाने भएको छ ।
पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी), रामकिशोर यादव (६५ केजी), निखिलराज पटेल (८६ केजी) र राज यादव (१२५ केजी) रहेका छन् । महिलामा सुशिला चन्द (६२ केजी) र शिवाङ्गी दुवे (५७ केजी) छन् ।
सो प्रशिक्षण शिविर भारतको नयाँ दिल्लीमा जुलाई १७ देखि सेप्टेम्बर १५ तारिखसम्म हुनेछ ।
टिमको प्रशिक्षकमा राजेन्द्र चन्द, व्यवस्थापकमा खगेन्द्रबहादुर बस्नेत र सहायक व्यवस्थापकमा मुम्ताज अली छन् ।
करिब ४५ दिन भारतमा रहँदा खेलाडीले नयाँ दिल्ली, उत्तर प्रदेशको नन्दनीनगरलगायत विभिन्न एकेडेमीमा प्रशिक्षणमा रहने नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मंगलबार एक कार्यक्रमकाबीच कुस्ती टोलीलाई विदाइ गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ लगायतले टोलीलाई शुभकामनासहित विदाइ गरे । सो अवसरमा एनओसीका सचिव भीम गुरुङ र नेपाल कुश्ती संघका अध्यक्ष प्रकास कुशारीको पनि उपस्थिति रहेको थियो ।
एनओसी अध्यक्ष श्रेष्ठले आगामी एसियाडमा उल्लेखलायक प्रदर्शन गर्नका निम्ति यस प्रशिक्षण शिविर महत्वपूर्ण हुने भएकोले खेलाडी र प्रशिक्षकहरुलाई प्रशिक्षणमा केन्द्रीत हुनुपर्ने बताए ।
१९औं एसियाली खेलकुद जापानको आइचीनागोयामा असोज ३ देखि १८ गतेसम्म हुनेछ । अध्यक्ष कुसारीका अनुसार टोली भारतबाटै जापान जाने छ ।
प्रतिक्रिया 4