+

पौडी टोली थाइल्यान्ड जाने

२०८३ असार  ३० गते २०:१८ २०८३ असार ३० गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली उमेर समूह पौडी च्याम्पियनसिपमा भाग लिन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार बैंकक प्रस्थान गर्ने भएको छ ।
  • जुलाई १७ देखि २५ सम्म हुने उक्त प्रतियोगितामा नेपाली खेलाडीले विभिन्न १०८ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिएका छन् ।
  • मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री सस्मित पोखरेललगायतका पदाधिकारीले टोलीलाई बिदाइ गरेका छन् ।

३० असार, काठमाडौं ।  एसियाली उमेर समूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र १० महिला खेलाडीले नेपालीको चुनौती पेश गर्ने छन् ।

पुरुषमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ रहेका छन् ।

महिलामा आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले छन् ।

खेलाडीले विभिन्न १ सय ८ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।

टोली प्रमुखमा राजु महर्जन, प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी र प्रशिक्षकमा सुमन महर्जन रहेका छन् ।

टोलीलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले मंगलबार सिंहदरबारमा बिदाइ गरे ।

नेपाल पौडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय