+
+
Shares

उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन

उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन गरेको किसान बम तामाङले बताए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार ३१ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्।
  • किसान बम तामाङले बिचौलिया हटाउन र गोलभेँडाको उचित मूल्य पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएको बताएका छन्।
  • प्रदर्शनकारीहरूले कृषि फार्मबाट गोलभेँडा ल्याई सडकमा पोखेर आफ्ना समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

३१ असार, काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।

आज बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् । उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन गरेको किसान बम तामाङले बताए ।

उनका अनुसार प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा किसानहरु भेला भएका थिए ।

प्रदर्शनका क्रममा किसानहरूले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य मूल्य तोक, कृषि बिमा लागू गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरूले मन्त्रालय र मन्त्रीले किसानका समस्या समाधान गर्न नसकेको भन्दै ‘कृषिमन्त्री मुर्दावाद’ को नारा लगाएका थिए ।

कृषि पेसालाई सुरक्षित र मर्यादित बनाउन सरकारले तत्काल नीतिगत सुधार गरी किसानमैत्री कदम चाल्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ । माग पूरा नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी समेत किसानहरूले दिएका छन् ।

हेर्नुहोस् तस्वीहरू–

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?