+
+
Shares

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १३:५१

३१ असार, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा थिए ।

एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद थिए ।

बजेटको विषयमा थियो विवाद

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा विवाद थियो । एमालेले खर्च कटौतिको समेत प्रस्ताव राखेको थियो । प्रतिपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।

मुख्यमन्त्री शाहले खर्च कटौतिको प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमालेले अस्वीकार गर्दै आएको थियो ।

असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्नेमा सत्ता साझेदारसँगको खटपटले मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका थिए ।

स्रोतकाअनुसार प्रदेश सरकारको बजेट संशोधन गर्न कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल बनाउने छलफल पनि भएको थियो ।

तर, एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट र सरकारको नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि त्यो प्रयास विफल भएको थियो ।

बजेटमै शाह अप्ठ्यारोमा परेपछि सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको सुरुवात हुने सम्भावना बढेको छ । अहिलेको अवस्थामा कांग्रेसलाई समेत मिलाएर अघि बढ्नुपर्ने आवाज पनि दुवै पार्टीभित्र उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?