News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गर्दै एसिया कपका लागि छनोट भएको छ ।
- क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले सहज जित हासिल गरेको छ ।
- सेमिफाइनलमा नेपालले शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
३१ असार, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसिया कपमा छनोट भएको छ । बुधबार भएको एसीसी यू–१९ महिला प्रिमियर कप क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल पुगेपछि नेपाल एसिया कपमा पनि छनोट भएको हो ।
जापानले दिएको ८७ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । साबित्री धामी ४१ रनमा अविजित रहँदा कप्तान सोनी पाख्रिन र सना प्रवीणले समान १८ रन बनाए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । कप्तान बियान्का शिनो ३८ रनमा अविजित रहिन् । अयाने साकुराबा र किचो सुजुकीले समान १० रन बनाए ।
नेपालका लागि रिया शर्मा र कृश्मा गुरुङले २-२ विकेट लिँदा अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले १-१ विकेट लिए ।
नेपालले अब सेमिफाइनलमा यूएईसँग खेल्नेछ । सेमिफाइनल पर्सि शुक्रबार हुनेछ ।
प्रतिक्रिया 4