+
+
Shares

सरकारलाई महरको प्रश्न : तानाशाही सही छ भन्ने स्थापना गर्न खोजिएको हो ?

प्रतिनिधिभसाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले तानाशाही ठिक थियो भन्ने भाष्य स्थापना गर्न खोजिएको हो भन्दै प्रश्न गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले ३५ वर्षमा केही भएन भनी सत्तारुढ दलका सांसदहरूले निरंकुशतन्त्रको वकालत गर्न खोजेको आरोप लगाए ।
  • प्रतिनिधिसभाको बुधबारको बैठकमा महरले प्रश्न गरे, \\\'निरंकुशतन्त्र तानाशाही तन्त्र ठिक छ भन्ने स्थापना गर्न खोज्नु भएको हो?\'
  • महरले सत्तारुढ दलका सांसदहरू कानुनी राज्यको पक्षमा नभएको भान हुने गरी भाष्य निर्माण गर्न लागिपरेको टिप्पणी गरे।

३१ असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बितेको ३५ वर्षमा केही पनि भएन भनेर सत्तारुढ दलका सांसदहरूले भाष्य स्थापना गर्न खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधिभसाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले तानाशाही ठिक थियो भन्ने भाष्य स्थापना गर्न खोजिएको हो भन्दै प्रश्न गरेका हुन् ।

‘म सत्तारुढ दलका सांसदहरूलाई भन्न चाहन्छु- ०४६ सालपछि केही पनि भएन भन्ने भाष्य स्थापना खोज्नु भएको छ । निरंकुशतन्त्र तानाशाही तन्त्र ठिक छ भन्ने स्थापना गर्न खोज्नु भएको हो? हामी कानुनी राज्यको पक्षमा छैनौं भन्न खोज्नु भएको हो ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?