+

टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

२०८३ असार  ३१ गते १६:१४ २०८३ असार ३१ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि क्षेत्रीय छनोट चरण पार नगरी सिधै ग्लोबल छनोटमा खेल्ने अवसर प्राप्त गरेको छ ।
  • सन् २०२६ को टी-२० विश्वकपमा सहभागी टोली भएकाले नेपालले स्वतः ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो ।
  • आईसीसीले सार्वजनिक गरेको नयाँ छनोट प्रक्रियाअनुसार ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय छनोटबाट थप आठ टोली समावेश हुनेछन् ।

३१ असार, काठमाडौं । नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो ।

आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । नेपाल पनि यही समूहमा परेकाले उसले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन ।

नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै यात्रा टुंग्याएको थियो । त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो।

ग्लोबल छनोटमा क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन् । अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक टोली र समग्रमा उत्कृष्ट थप तीन टोली गरी सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले यसका लागि न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ ।

यसअघि विश्वकप छनोटका लागि एसिया-इएपी, युरोपियन, अमेरिकन र अफ्रिकन छनोट हुँदै आएकोमा ग्लोबल छनोट फेरि ब्युँतिएको हो ।

आईसीसीले टी-२० विश्वकपको फर्म्याटमा पनि परिवर्तन गरेको छ । यो परिवर्तन आईसीसीको सम्मेलनबाट पारित भइसकेको छ तर अन्तिम स्वीकृति भने नोभेम्बरमा हुने छलफलपछि दिइनेछ ।

टी-२० विश्वकप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय