+
+
Shares

शंकास्पद गाडी पार्किङ गर्ने पौडेल को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार अनलाइनखबर र कान्तिपुर मिडिया हाउसको गेटमा शंकास्पद रूपमा गाडीहरू पार्किङ गरिएका थिए।
  • अनलाइनखबरको गेट अगाडि राखिएको बा १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता भएको छ।
  • कान्तिपुर अगाडिको गाडी रास्वपा नेता रवि जयसवालको रहेको र सो गाडी दिउँसो क्रेनको सहयोगमा हटाइएको छ।

३१ असार, काठमाडौं । सोमबार बिहान अनलाइनखबरसहित हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको गेट अगाडि शंकास्पद तरिकाले गाडी पार्किङ गरिएको थियो ।

बा १२ च ८५४५ नम्बरको सो गाडी अनलाइनखबरको गेट अगाडि पार्किङ गरिएको थियो । शंकास्पद रुपमा पार्किङ गरिएको उक्त गाडी दिउँसो २ बजेतिर बल्ल क्रेनको सहयताले हटाइएको थियो । उक्त गाडी काठमाडौंको गोकर्णेश्वरका सुनिल पौडेलको नाममा रहेको पाइयो ।

तर यसरी शंकास्पद रुपमा गाडी पार्किङ गर्ने पौडेल को हुन् भन्नेबारे केही खुलेको थिएन ।

उनले पहिला जग्गा प्लटिङ तथा बालुवा कारखाना चलाउने गर्थे । पहिला उनी एमालेको युवा संघ निकट थिए । अहिले भने उनी एमाले युवा संघ छाडेर रास्वपा निकट भएका छन् ।

सुनिल र सुजन दाजुभाइ हुन् । उनीहरूको काठमाडौंको गोकर्णेश्वर–९, भगवतीस्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस नामक आँखा क्लिनिक चलाउँदै आएका छन् ।

दर्ता गर्दा पनि उनले गाडी दर्तामा प्रयोग गरेकै मोबाइल नम्बर प्रयोग गरेको देखिन्छ । क्लिनिकको प्रवर्धन गर्दा पौडेलले आफूलाई कन्सल्टेन्ट अप्टोमेट्रिस्टका रुपमा उल्लेख गरेका छन् ।

यातायात कार्यालयबाट नम्बर प्राप्त गरेपछि अनलाइनखबरले पौडेललाई सम्पर्क गरी तपाईंले अनलाइनखबरको गेट नै छेकिने गरी किन पार्किङ गर्नुभयो भनेर सोधेको थियो । सो गाडी आफ्नै भए पनि कहाँ पार्किङ गरिएको थियो भन्नेबारे आफूलाई थाहा नभएको बताएका थिए ।

‘त्यो गाडी मेरो नाममा छ तर त्यो अर्कैले चलाइरहेको छ, म उसको नम्बर दिन्छु, ऊसँगै कुरा गर्नुस्’ भनेका थिए । उनले दिएको नम्बर उनकै सहदोर भाइ सुजनको थियो । उनै सुजनले आफैं अनलाइनखबरकर्मीलाई फोन गर्दै गेटमा गाडी पार्किङ गर्दा कसरी शंकास्पद भयो ? बम राखेको छ त्यसमा ? भन्दै धम्की दिएका थिए ।

कान्तिपुर मिडिया हाउसको गेट अगाडि पार्किङ गरिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालको रहेको खुलेको थियो । उनी ८ जेठमा मात्रै रास्वपा प्रवेश गरेका थिए । उनी गृहमन्त्री सुधन गुरुङ निकट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?