+

नेपाली क्रिकेटको विकासबारे एमसीसी र क्यान पदाधिकारीबीच छलफल

२०८३ असार  ३१ गते १९:५८ २०८३ असार ३१ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले लर्ड्समा एमसीसीका पदाधिकारीसँग भेटवार्ता गरेका छन्।
  • छलफलमा नेपाली क्रिकेटको विकास तथा दीर्घकालीन सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको छ।
  • क्यान र एमसीसीले नेपाली क्रिकेटको प्रतिभा उत्पादन र प्राविधिक सहयोगका क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

३१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले इंग्ल्यान्डस्थित ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) का पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

भेटमा एमसीसीका प्रमुख कार्यकारी अधिकृत तथा सचिव रोब लसन, क्रिकेट तथा सञ्चालन निर्देशक रोब लिन्च र एमसीसी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत एङ्गस बेरी सहभागी थिए ।

छलफलका क्रममा क्यान र एमसीसीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको क्यानले जनाएको छ ।

दुवै पक्षले नेपाली क्रिकेटको समग्र विकास, प्रतिभा उत्पादन, प्राविधिक सहयोग तथा भविष्यमा सहकार्यका नयाँ अवसरबारे समेत सकारात्मक छलफल गरेका थिए ।

साथै नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि क्रिकेटको विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको क्यानले जनाएको छ ।

एमसीसी क्रिकेट नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय