+
+
Shares

झन्डै ५६ लाख रुपैयाँसहित २ जना पक्राउ

झन्डै ५६ लाख रुपैयाँसहित दुई जना डोल्पाबाट पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ बाट करिब ५६ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
  • प्रहरी र सशस्त्र प्रहरीको संयुक्त जाँचका क्रममा उक्त ठूलो परिमाणको रकम बरामद गरिएको प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए।
  • प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले लागुऔषध नियन्त्रणका लागि गरिएको आकस्मिक जाँचका क्रममा सो रकम फेला परेको बताइन्।

३१ असार, डोल्पा । झन्डै ५६ लाख रुपैयाँसहित दुई जना डोल्पाबाट पक्राउ परेका छन् ।

बुधबार त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बगर बजार क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको संयुक्त सुरक्षा जाँचका क्रममा त्रिपुरासुन्दरी नगरपालिका–७ का दुई जनाको साथबाट ठूलो परिमाणमा नगद बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले संयुक्त जाँचका क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘ठूलो परिमाणमा रकम छ। दुई जनालाई नियन्त्रणमा लिएका छौं। अनुसन्धान जारी छ,’ डीएसपी गिरीले भने।

यता प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले लागुऔषध ओसारपसार नियन्त्रणका लागि गरिएको आकस्मिक सुरक्षा जाँचका क्रममा ठूलो रकम फेला परेको बताइन्।

‘यो लागुऔषध ओसारपसार नियन्त्रणसम्बन्धी आकस्मिक जाँच थियो। सोही क्रममा ठूलो परिमाणको नगद फेला परेको हो,’ उनले भनिन्।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार प्रारम्भिक गणनाअनुसार करिब ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ।

प्रहरीका अनुसार बरामद गरिएको रकमको स्रोत, त्यसको वैधानिकता तथा नियन्त्रणमा रहेका व्यक्तिको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?