+

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

२०८३ असार  ३१ गते २२:५८ २०८३ असार ३१ गते २२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न भएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचरित्र मेहताले उक्त सभाको उद्घाटन गर्नुभएको छ।
  • सभाले आर्थिक प्रतिवेदन, आगामी योजना र संगठनको भावी कार्यदिशासम्बन्धी प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

३१ असार, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि बिजनेस सेन्टरमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहलगायतको उपस्थिति रहेको थियो ।

नेपाल ब्याडमिन्टन संघका प्रवक्ता बेनुपराज खत्रीका अनुसार साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन, आगामी योजना, नीतिगत प्रस्ताव तथा संगठनको भावी कार्यदिशामाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको छ ।

उद्घाटन समारोहमा विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, नेपाल ब्याडमिन्टन संघका पदाधिकारी एवं बोर्ड सदस्यहरू, चार प्रदेश ब्याडमिन्टन संघका प्रतिनिधि तथा ४१ जिल्ला संघको उपस्थिति रहेको ब्याडमिन्टन संघले जनाएको छ ।

नेपाल ब्याडमिन्टन संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय