+

कराते टोली बंगलादेश प्रस्थान

२०८३ असार  ३१ गते २२:४८ २०८३ असार ३१ गते २२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशको ढाकामा हुने १०औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
  • जुलाई १५ देखि १९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।
  • राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूले बिदाइ कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई सफलताको शुभकामना प्रदान गरेका छन् ।

३१ असार, काठमाडौं । १०औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता बंगलादेशको ढाकामा जुलाइ १५ देखि १९ तारिखसम्म हुनेछ । टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा राखेपका पूर्व सदस्य–सचिव समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

नेपाली कराँते टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय