+

एनभीएलले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउनेछ : प्रशिक्षक भट्ट

२०८३ असार  ३१ गते २३:०३ २०८३ असार ३१ गते २३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टले नेपाल भलिबल लिगले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।
  • प्रशिक्षक भट्टले यस व्यावसायिक लिगले खेलाडीहरू विदेश पलायन हुने क्रमलाई रोक्न मद्दत गर्ने बताउनुभयो ।
  • उहाँले कम लगानी र सीमित पूर्वाधारका बाबजुद भलिबलले हासिल गरेको सफलता र लोकप्रियताका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टले पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) ले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् ।

एनभीएलको फ्रेन्चाइज टिम अन्नपूर्ण सुपर किङ्सले बुधबार आयोजना गरेको आफ्नो ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा प्रशिक्षक भट्टले एनभीएल यस लिगमार्फत् खेल र खेलाडीको लागि राम्रो हुने बताए । ‘यो लिगले नेपालको राष्ट्रिय खेललाई माथि ल्याउने छ । अहिले नै यसको भिजुलाइज हुन थालेको छ । यो लिग कमर्सियल रुपमा अगाडि आएको छ र भलिबल खेललाई पनि उचाइ दिनेछ । यसले खेलाडी विदेश जाने क्रम पनि रोक्नेछ’ राष्ट्रिय खेलकुद परिषद तालिकम तथा प्रशिक्षक विभागमा उपनिर्देशक समेत रहेका भट्टले भने ।

नेपालको भलिबल खेलहरुको पनि खेल राष्ट्रिय खेललाई सबैले माया गरेकोमा खुशी रहेको बताए । आफूले भलिबलमा तीन दशक भन्दा बढी समय बिताइसकेको र अहिले भलिबलले उचाई हासिल गर्दै गर्दा खुशी लाग्ने बताए ।

नेपालको भलिबल इतिहासमा पुरुष भलिबल लिग राम्रो प्रतियोगिता हुने भट्टले विश्वास राखेका छन् । ‘पुरुष भलिबल लिग, एनभीएल लिग भलिबलको इतिहासमा अहिलेसम्मकै राम्रो गर्नेछ भन्ने विश्वास छ । टिम ओनरहरु देखि सबैले राम्रो साथ दिइरहनुभएको छ’ उनले भने ।

टुगेदर वि एचिभ मोर भनेजस्तै सबै मिलेर अगाडि बढेमा सफलता हासिल गर्न सकिने भट्टले बताए ।

भलिबलले कम लगानि र पूर्वाधार पनि सफलता हासिल गरिरहेको र महिला र पुरुष दुवैको फ्रेन्चाइज लिग आयोजना हुनुले पनि भलिबलको लोकप्रियता र विकासमा यसले अझ सहयोग पुग्ने प्रशिक्षक भट्टले बताए ।

जगदिश भट्ट नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय